• ट्रेण्डिङ्ग :
कांग्रेस महासमिति बैठक 
२०८४ को चुनावमा गठबन्धन नगर्नेसहितका प्रस्ताव बैठकमा पेश हुँदै

२०८४ को चुनावमा गठबन्धन नगर्नेसहितका प्रस्ताव बैठकमा पेश हुँदै


  • 2.9K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.5K Views

    २०८४ को चुनावमा गठबन्धन नगर्नेसहितका प्रस्ताव बैठकमा पेश हुँदै

    काठमाडौँ । कांग्रेस महासमितिको बन्द सत्र आज बिहान ९ बजेबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । सोमबार महासमिति बैठकको उद्घाटन भएको थियो। बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा। प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

    images

    महामन्त्री थापाको साङ्गठनिक प्रतिवेदनमा सोमबार राति बल्ल सहमति जुटेको थियो ।सोमबार अपराह्नदेखि निवास बुढानीलकण्ठमा करिब ५ घण्टा पदाधिकारी र पूर्वपदाधिकारीबिच छलफल भएको थियो। थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत भएपछि सांठनिक प्रतिवेदन टुङ्गिएको हो। 

    महामन्त्रीको दस्ताबेजमा कांग्रेसले २०८४ सालको आम निर्वाचनमा गठबन्धन नगर्ने उल्लेख छ, जुन महासमिति बैठकमा पेश हुँदै छ । महामन्त्रीको प्रस्ताव पार्टीको दस्ताबेजकै रूपमा पेस हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जनाएका छन्।


    तेस्रो आँखा