• ट्रेण्डिङ्ग :
क्यानडाले दियो दुई सय ४१ रनको लक्ष्य

क्यानडाले दियो दुई सय ४१ रनको लक्ष्य


  • 4.3K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.5K Views

    क्यानडाले दियो दुई सय ४१ रनको लक्ष्य

    काठमाडौँ, ८ फागुन/ क्यानडा-११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले जितका लागि दुई सय ४१ रनको लक्ष्य पाएको छ । 

    images

    माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा-११ ले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै दुई सय ४० रनको योगफल बनायो । 

    क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ८२ बल खेल्न क्रममा पाँच चौका प्रहार गरे । त्यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए । डिलोन हेलिगरले १६ रन बनाए ।

    बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिए भने शेर मल्ल र रासिद खानले समान दुई÷दुई विकेट लिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले समान एक/एक विकेट लिए । 


    तेस्रो आँखा