• ट्रेण्डिङ्ग :
तुलसीपुरमा पुर्व खानेपानी मन्त्री खानलाई भब्य स्वागत 

तुलसीपुरमा पुर्व खानेपानी मन्त्री खानलाई भब्य स्वागत 


  • 17.5K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 26.9K Views

    तुलसीपुरमा  पुर्व खानेपानी मन्त्री  खानलाई भब्य स्वागत 

    दाङ, ८ फागुन/उधोग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवं पुर्व खानेपानी मन्त्री अब्दुल खानलाई मंगलबार दाङमा तुलसीपुर उधोग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ  ।

    images

    सभापति खानले उद्योग व्यवसायीहरुले उठाउँदै आएको मागप्रति आफू पूर्ण रुपले गम्भीर भएको बताउनुभएको छ । संसदीय मितिको सभापति भएको ४ महिना नबित्दै उधोगी, व्यवसायी र श्रमिकहरुको हितमा हुने गरी कानुन निर्माणमा व्यस्त रहेकै बेला उधोगी, व्यवसायीहरु संग छलफल गर्न र उधोगहरुको निरिक्षण गर्ने क्रममा दाङ पुगे पछि सभापति खानलाई संघ अध्यक्ष राम प्रसाद चालिसे लगायत संघका पदाधिकारीहरुले स्वागत गरे हुन ।

    तुलसीपुरमा भएको छलफलमा उद्यमी व्यवसायीका समस्या समाधानका लागि आफ्नो समिति गम्भीर रुपले लागिपर्ने बताउनु भएको हो ।

    उद्योगी व्यवसायीहरूलाई उद्योग व्यवसाय विकासको लागि उचित वातावरण तयार गरी प्रोत्साहन गरिने धारणा राख्दै सभापति खानले व्यापारीहरुको समस्या र उधोगीहरुको अध्ययन गरेर व्यवसायीहरुको हकहितको पक्षमा योजना ल्याउने धारणा राख्नुभयो ।

    सभापति खानले तुलसीमा रहेको कारागारको अनुगमन गरी कैदाहरुले उत्पादन गरेको सामग्रीलाई बजारीकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको सभापति खानका स्वकीय सचिव अतिउल्ला मुसलमानले जानकारी दिनु भयो ।

    यसैगरी सभापति खानले तुलसीमा रहेको राप्ती लाईफ केयर अस्पतालको निरीक्षण गर्नु भएको अस्पतालका संचालक दोर्ण ओलीले जानकारी दिनु भयो । अस्पतालले दिदै आएको सेवालाई अझ प्रभावकारी बनाउन सभापति खानले ओलीलाई सुझाव दिनु भएको थियो ।


    तेस्रो आँखा