• ट्रेण्डिङ्ग :
सन्दीपले लाइपोमाको शल्यक्रिया गराए

सन्दीपले लाइपोमाको शल्यक्रिया गराए


  • 7.7K
    SHARES
    • फाल्गुण ९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 11.9K Views

    सन्दीपले लाइपोमाको शल्यक्रिया  गराए

    काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् । सन्दीप निकट स्रोतका अनुसार उनले मंगलबार सिल्भरलाइन अस्पतालमा लाइपोमाको शल्यक्रिया गराएका हुन् ।

    images

    सन्दीपले दोस्रोपटक लाइपोमाको शल्यक्रिया गराएका हुन् । यसअघि उनले गत वैशाखमा पहिलोपटक लाइपोमाको शल्यक्रिया गराएका थिए ।

    गत वर्ष भदौको सन्दीपविरुद्ध काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो । सोही उजुरीका आधारमा गत असोज २० गते पक्राउ परेका सन्दीप यसै वर्षको पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पुस २५ गते आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको थियो ।


    तेस्रो आँखा