• ट्रेण्डिङ्ग :
मकवानपुरगढीमा अटो दुर्घटनामा हुँदा चालकको मृत्यु

मकवानपुरगढीमा अटो दुर्घटनामा हुँदा चालकको मृत्यु


  • 3.1K
    SHARES
    • फाल्गुण ९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.8K Views

    मकवानपुरगढीमा अटो दुर्घटनामा हुँदा चालकको मृत्यु

    हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images

    बुधबार बिहान मकवानपुरगढी गाउँपालिका-४ ज्वालादेवीस्थित भित्री सडकखण्डमा धादिङबजारबाट ज्वालादेवीतर्फ आउँदै गरेको ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक अन्दाजी ३६ वर्षीय सुमन भन्ने देवीबहादुर घिमिरेलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    मृतक घिमिरेको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


    तेस्रो आँखा