काठमाडौं, ५ माघ । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छन्। समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका पुगेकी हुन् ।
अमेरिकामा ट्रष्टको शाखा खोलिने भएको छ । हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ। पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका पुगेकी हुन् ।
हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन्। हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी हिमानी ट्रष्टकी अध्यक्ष पनि हुन्।

