• ट्रेण्डिङ्ग :
क्यानडा-११ ले टस जित्यो, नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्ने

क्यानडा-११ ले टस जित्यो, नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्ने


  • 5.2K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.9K Views

    क्यानडा-११ ले टस जित्यो, नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्ने

    काठमाडौं । नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा क्यानडा-११ ले टस जितेको छ ।

    images

    क्यानडा-११ का कप्तान साद बिन जफरले टस जितेर फिल्ड गर्ने निर्णय लिएका छन् । मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा छ । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गर्ने भएका हुन् ।

    पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।

    नेपालले टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् ।

    खेलको प्रत्यक्ष प्रसारण क्यानको जिल्लारप्रदेश फेसबुक पेजबाट गरिएको छ ।

    नेपालको प्लेइङ-११ : अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी

    बेन्च: रिजन ढकाल, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, विनोद भण्डारी


    तेस्रो आँखा