• ट्रेण्डिङ्ग :
कांग्रेस पदाधिकारी बैठक सम्पन्न, महासमिति समापनको विधि तय

कांग्रेस पदाधिकारी बैठक सम्पन्न, महासमिति समापनको विधि तय


  • 3.7K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.7K Views

    कांग्रेस पदाधिकारी बैठक सम्पन्न, महासमिति समापनको विधि तय

    काठमाडौँ । महासमिति बैठक समापनको विधि तय गर्दै नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भर्खरै सम्पन्न भएको छ ।

    images

    बैठकमा महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनहरू सहजतापूर्वक निष्कर्षमा पुर्‍याउनेबारे छलफल भएको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

    ललितपुरको गोदावरी भिलेज रिसोर्टमा पदाधिकारी र पूर्वपदाधिकारीहरु छलफलमा जुटेका थिए ।

    महासमितिको बन्द सत्रमा ७ प्रदेशका सभापतिले प्रदेशगत निष्कर्ष सुनाउने र त्यसलाई पार्टीको केन्द्रीय समितिको तर्फबाट उपसभापति पूर्ण बहादुर खड्काले सम्बोधन गरी बन्द सत्र टुङ्ग्याउने निर्णय बैठकले लिएको छ ।

    यस्तै समापन समारोहमा पदाधिकारी र पूर्व पदाधिकारीहरूलाई छोटो मन्तव्य व्यक्त गर्न दिने र पार्टी सभापति शेर बहादुर देउवाले अन्तिममा सम्बोधन गर्ने तय भएको छ ।


    तेस्रो आँखा