• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीले बालकुमारी घटनाका दोषी मन्त्रीलाई बर्खास्त गर्न सकेनन् : केपी ओली

प्रधानमन्त्रीले बालकुमारी घटनाका दोषी मन्त्रीलाई बर्खास्त गर्न सकेनन् : केपी ओली


  • 2.3K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 3.5K Views

    प्रधानमन्त्रीले बालकुमारी घटनाका दोषी मन्त्रीलाई बर्खास्त गर्न सकेनन् : केपी ओली

    काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन्।

    images

    बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा केन्द्रीय कमिटी बैठक समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

    उनले बालकुमारी घटनामा मन्त्रीलाई दोषी देखाएको प्रतिवेदनपछि पनि प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न नसकेको बताए। उनले दोषी ठहर गर्दा पनि कारबाही नहुनु अलोकतान्त्रिक पद्धति भएको बताए। 

    उनले प्रधानमन्त्री निर्लज्ज भएर बसिरहेको जिकिर गरे। अध्यक्ष ओलीले एउटा व्यक्तिको स्वार्थमा सिंगो देश नै अलोकतान्त्रिक भएको बताए।


    तेस्रो आँखा