• ट्रेण्डिङ्ग :
केन्द्रीय कमिटीमा ओलीले भने– मेरो आलोचना भए पनि गर्नू , बक्रदृष्टि राखिँदैन

केन्द्रीय कमिटीमा ओलीले भने– मेरो आलोचना भए पनि गर्नू , बक्रदृष्टि राखिँदैन


  • 2.9K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.4K Views

    केन्द्रीय कमिटीमा ओलीले भने– मेरो आलोचना भए पनि गर्नू , बक्रदृष्टि राखिँदैन

    काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ बैठक आजबाट सकिएको छ । पहिलेका तुलानामा पार्टीको आन्तरिक जीवनमा देखिएका समस्याबारे गहन बहस गर्दै बैठक सकिएको हो ।

    images

    एमालेका नेता विशाल भट्टराई पार्टीमा देखिएका समस्याबारे खुलेर छलफल भएको बताउँछन् ।

    “खुलेर बहस भयो । केन्द्रीय कमिटीका सदस्यहरूले बोल्ने काम त भयो नै, केही प्रस्तावमा सबैले लिखित नै राखेका छौँ,” उनी भन्छन्, “पार्टीलाई कसरी सुदृढ बनाउने र ०८४ मा बहुमत ल्याउने भन्नेमा केन्द्रित रहेर बहस गर्‍यौँ ।”

    प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले २२ वटा समसामयिक प्रस्ताव पारित गरेको छ ।

    बैठकको समापनमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको आलोचना गर्न निर्देशन दिएका छन् । उनले आफूले गरिरहेका क्रियाकलापमा असन्तुष्टि भए लिखितरूपमै भए पनि सुझाउन आग्रह गरेका छन् ।

    “नेतृत्व स्वेच्छाचारी हुन्छ । आलोचना भए रिसाउँछ कि भन्ने लागेको भए गलत हो । हामीविरुद्ध आलोचना गर्न सक्नुहुन्छ,” उनको भनाइबारे एक नेताले भने, “लेखेर पनि दिन सक्नुहुन्छ । सचिवालयका साथीमार्फत पठाउन सक्नुहुन्छ । त्यसबापत् कुनै बक्रदृष्टि राखिँदैन । ढुक्कले आलोचना गर्नु पाउनुहुन्छ, मेरो वा अरू नेताको पनि ।”

    त्यस्तै, बैठकमा महासचिव शंकर पोखरेलले नेताहरूले राखेको प्रस्तावमा आर्थिक र नैतिक आचरणमा नैतिक र कानुनी बन्धन तोडेको विषयमा पनि कारबाही हुने बताएका छन् ।

    उनले कुन तहमा समस्या भएको त्यहीबाट समाधान खोजिने बताएका छन् । केन्द्रीय कमिटी बैठकमा यस्ता समस्या समाधानका लागि शुद्धीकरण माथिबाट नै खोजिनुपर्ने सुझाव आएका छन् । 

    “जुन तहमा समस्या हो, त्यही तहबाट समाधान खोज्न प्रयास गर्ने हो,” उनले बैठकमा भनेका छन् ।

    नेता कार्यकर्ता आर्थिक, नैतिक दृष्टिले स्वच्छ हुनुपर्ने भनाइ उनको छ । एमालेले तल उत्पन्न भएका समस्या हेरेर केन्द्रमा सिफारिस गर्ने निर्णय पनि गरेको छ । 


    तेस्रो आँखा