• ट्रेण्डिङ्ग :
महिला च्याम्पियनसिप (वाफ)
नेपालको लगातार दोस्रो जित, इराकविरुद्ध सावित्राको पाँच गोल

नेपालको लगातार दोस्रो जित, इराकविरुद्ध सावित्राको पाँच गोल


  • 4.3K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.6K Views

    नेपालको लगातार दोस्रो जित, इराकविरुद्ध सावित्राको पाँच गोल

    काठमाडौं । सावित्रा भण्डारीको पाँच गोलप्रेरित नेपालले पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा इराकविरुद्ध ५–० को फराकिलो जित निकालेको छ ।

    images

    बिहीबार साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन्न खेलमा सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन् । 

    लगातार दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो ।

    लगातार दोस्रो हार बेहोरेको इराक भने समूह चरणको अन्तिम खेलअगावै बाहिरिने निश्चिन बनेको छ । इराकले यसअघि पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० का हार बेहोरेको थियो । नेपालले अब शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ ।


    तेस्रो आँखा