• ट्रेण्डिङ्ग :
ब्राजिलका पूर्व खेलाडी ड्यानी आल्भेस बलात्कार आरोपमा दोषी ठहर : साढे चार वर्षको जेल सजाय

ब्राजिलका पूर्व खेलाडी ड्यानी आल्भेस बलात्कार आरोपमा दोषी ठहर : साढे चार वर्षको जेल सजाय


  • 3.5K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.3K Views

    ब्राजिलका पूर्व खेलाडी ड्यानी आल्भेस बलात्कार आरोपमा दोषी ठहर : साढे चार वर्षको जेल सजाय

    काठमाण्डौ । ब्राजिलका पूर्व खेलाडी ड्यानी आल्भेस बलात्कार आरोपमा दोषी ठहर भएका छन् । बार्सिलोना र ब्राजिलका पूर्व फुटबलर आल्भेसलाई स्पेनको एक अदालतले बार्सिलोनाको रात्रि क्लबमा एक महिलालाई बलात्कार गरेको आरोपमा दोषी ठहर गरेको हो । ४० वर्षका उनलाई साढे चार वर्षको जेल सजाय सुनाइएको छ ।

    images

    आल्भेसलाई सन् २०२२ डिसेम्बर ३१ तारिखमा स्पेनकी एक महिलाले बलात्कार आरोप लगाएकी थिइन् । आल्भेसले बार्सिलोना, युभेन्टस र पेरिस सेन्ट जर्मेइन (पीएसजी) लगायतका क्लबबाट खेलिसकेका छन् । आल्भेस कतारमा भएको विश्वकप फुटबलमा ब्राजिलको टोलीमा थिए । उनी विश्वकप खेल्ने सबैभन्दा पाको उमेरका ब्राजिलका खेलाडी पनि बनेका छन् । 


    तेस्रो आँखा