• ट्रेण्डिङ्ग :
पत्रकार अर्जुन गिरी जेल चलान

पत्रकार अर्जुन गिरी जेल चलान


  • 4.5K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.9K Views

    पत्रकार अर्जुन गिरी जेल चलान

    पोखरा । प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरी पुर्पक्षका लागि जेल चलान भएका छन् । पोखरास्थित मित्रमिलन सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका गिरीलाई जिल्ला अदालत कास्कीले मुद्धा हेर्दा हेर्दैमा राखेर पुर्पक्षका लागि थुनामा पठाएको हो । सहकारी प्रकरणमा पक्राउ पुर्जी जारी भएसँगै उनी मंसिरदेखि फरार भएका थिए ।

    images

    गिरी बुधबार आफै अदालतमा हाजिर भएका थिए । बुधबार मुद्धा हेर्न नभ्याएपछि उनलाई प्रहरी हिरासतमा राखिएको थियो । उनी ताण्डव न्यूजका सम्पादक हुन् ।


    तेस्रो आँखा