• ट्रेण्डिङ्ग :
नवनियुक्त त्रि.वि उपकुलपति द्वारा पदबहाली

नवनियुक्त त्रि.वि उपकुलपति द्वारा पदबहाली


  • 5.8K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 8.9K Views

    नवनियुक्त त्रि.वि उपकुलपति द्वारा पदबहाली

    कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले पदबहाली गरेका छन् । आज उनले कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर कार्यभार सम्हालेका छन् ।

    images

    पदबहालीपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रा.डा. बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताए ।

    “त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ”, उनले भने । शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति प्रा.डा बरालले बताए ।

    विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफनो योजनामा रहेको उनको भनाइ थियो ।

     

    त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्रा. डा बराललाई त्रि.वि को २० औँ उपकुलपतिमा नियुक्ति दिएका हुन् ।


    तेस्रो आँखा