• ट्रेण्डिङ्ग :
राप्रपा नेपालले चैत १ गते काठमाण्डुमा वृहत् प्रदर्शन गर्ने

राप्रपा नेपालले चैत १ गते काठमाण्डुमा वृहत् प्रदर्शन गर्ने


  • 2.4K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.6K Views

    राप्रपा नेपालले चैत १ गते काठमाण्डुमा वृहत् प्रदर्शन गर्ने

    काठमाण्डौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी १ चैत्रमा काठमाण्डुमा बृहत् जनप्रदर्शन गर्ने तयारी गरेको छ ।

    images

    व्यवस्थाको अन्त्य गर्न, हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटर ब्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न भन्दै प्रदर्शन गर्ने निर्णय गरेको राप्रपा नेपालका एक नेताले जानकारी दिएका छन ।

    आज (बिहीबार) काठमाण्डुमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत्र १ गतेको मिति तय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन । जनप्रदर्शनका क्रममा उपत्यकाभित्र क्षेत्रीय भेला र कोणसभाहरू हुने पनि उनले बताएका छन ।


    तेस्रो आँखा