• ट्रेण्डिङ्ग :
अमेरिका पुगेका आठ जना नेपाली स्वदेश फिर्ता

अमेरिका पुगेका आठ जना नेपाली स्वदेश फिर्ता


  • 5.8K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 9.0K Views

    अमेरिका पुगेका आठ जना नेपाली स्वदेश फिर्ता

    काठमाडौं ११ फागुन/अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

    images

    “अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उहाँले भन्नुभयो, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझ्नेछौँ ।” रासस 


    तेस्रो आँखा