• ट्रेण्डिङ्ग :
आगलागीमा परी बालकको मृत्यु

आगलागीमा परी बालकको मृत्यु


  • 3.2K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.9K Views

    आगलागीमा परी बालकको मृत्यु

    दमक, १२ फागुन । झापा गाउँपालिकामा भएको आगलागीमा परेर एक बालकको ज्यान गएको छ । शुक्रबार अपरान्ह ४ बजेतिर झापा गाउँपालिका –४ भामटोली ईनाम हुसेन शेखको घरनजिकै रहेको परालको कुन्यूमा आगलागी हुँदा बालकको ज्यान गएको हो ।

    images

    प्रहरीका अनुसार कुन्युको परालनजिकै घरको च्यापमा खेलिरहेका शेखका साढे ४ बर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो । 

    परालको कुन्युबाट सुरु भएको आगो सल्कदै घरसम्म पुगेको थियो । भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलको साहयताले शुक्रबार बेलुका करिब ७ बजेतिर आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा