• ट्रेण्डिङ्ग :
अग्रज नेताहरू मिले गरिबी अन्त्य हुन्छ : मन्त्री किराँती

अग्रज नेताहरू मिले गरिबी अन्त्य हुन्छ : मन्त्री किराँती


  • 2.9K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.4K Views

    अग्रज नेताहरू मिले गरिबी अन्त्य हुन्छ : मन्त्री किराँती

    काठमाडौं १२ फागुन/संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले अग्रज नेताहरू मिले मुलुकको गरिबी अन्त्य हुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित डा. पुरण राईका कृतिहरू विमोचन कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेताहरूले मिलेरै राजतन्त्र फालेको र निरंकुशताको अन्त्य गरेको स्मरण गराउँदै अब सुशासन र गरिबी निवारणको पाटोमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

    images

    अग्रज नेताहरू, तपाईहरूले मिलेरै राजा फालेको हो । निरंकुशताको अन्त्य गरेको हो । तपाईहरू मिलेर नै एकचोटी सुशासन कायम गरिदिनुस्,’ मन्त्री किराँतीले आग्रह गर्दै भने, ‘तपाईहरूलाई कति हामीले बोक्नुपर्ने हो, हनुमानले पहाड बोकेजस्तो हामी बोक्न तयार नै छौं ।’

    मुलुकमा सुशासन र गरिवीको पक्षमा काम गर्न अग्रज नेताहरूलाई सक्दो साथ दिने प्रतिवद्धता उनको थियो । मन्त्री किराँतीले नेपाली माटो अनुकुलको सिद्धान्त र व्यवहार प्रदर्शन गर्नुको साटो नेताहरू पद र प्रतिष्ठामा लाग्दा मुलुक पछि परेको पनि दोहो¥याए ।


    तेस्रो आँखा