• ट्रेण्डिङ्ग :
अनेरास्ववियुको अगुवाइमा मसाल जुलुस

अनेरास्ववियुको अगुवाइमा मसाल जुलुस


  • 2.8K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.3K Views

    अनेरास्ववियुको अगुवाइमा मसाल जुलुस

    काठमाडौं । सत्ता गठबन्धननिकट विद्यार्थीले आफ्ना नेताहरूमाथि कुटपिट गरेको भन्दै अनेरास्ववियुको अगुवाइमा काठमाडौंको अस्कल क्याम्पसमा मसाल जुलुस निकालिएको छ ।

    images

     

    सत्ताको आडमा निरन्तर रूपमा आफ्ना नेताहरूमाथि कुटपिटको घटना बढेको भन्दै अनेरास्ववियुमा आबद्ध विद्यार्थीले शनिबार लैनचौरस्थित अस्कल क्याम्पसबाहिर मसाल जुलुस निकालेका हुन् ।

    शुक्रबार साँझ अखिल नेता कमल जोशीमाथि कुटपिट गरिएको थियो । अनेरास्ववियुले अखिल क्रान्तिकारीका विद्यार्थीले आफ्ना नेतामाथि कुटपिट गरेको आरोप लगाएको छ ।

     

    मसाल जुलुसमा सहभागीले अस्कल क्याम्पसमा छात्रवृत्तिमा एकलौटी गरिएको, क्याम्पसमा भ्रष्टाचार भएको आरोप समेत लगाए । 


    तेस्रो आँखा