• ट्रेण्डिङ्ग :
‘रामधुनी मन्दिरमा नियमित पूजा रोकिएको छैन’

‘रामधुनी मन्दिरमा नियमित पूजा रोकिएको छैन’


  • 3.8K
    SHARES
    • फाल्गुण १३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    ‘रामधुनी मन्दिरमा नियमित पूजा रोकिएको छैन’

    इनरुवा, १३ फागुन/सुनसरीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल रामधुनी मन्दिरमा नियमित पूजा भइरहेको छ । रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले शनिबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै मन्दिरमा तालाबन्दी नभएको स्पष्ट पार्नुभयो ।

    images

    पत्रकार सम्मेलनमा रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालसहितको उपस्थिति रहेको थियो । 

    रामधुनी मन्दिरमा पूजा नरोकिएकोे रामधुनी नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले मन्दिरको अवलोकन र अनुगमन गरी सरोकारवाला पक्षसँग छलफल गर्दा मन्दिरमा पूजा नरोकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।


    तेस्रो आँखा