काठमाडौं १३ फागुन/ सांसद वीना जैसवालले नेपाल हिन्दूसापेक्ष राज्य घोषणा गरिनुपर्ने बताएकी छन् ।
आइतबार बसेको संसद् बैठकमा उनले भनिन्, “देश जबसम्म हिन्दूराष्ट्र थियो, मधेस र सिङ्गो देश धार्मिक सहिष्णुताका लागि दुनियाँमा उदाहरणीय थियो । अपवादबाहेक देश धार्मिक विवाद र आस्थाका आधारमा विभाजित हुनुपरेको थिएन । तर, जब जनताको कुनै अभिमतबिना नेपाललाई धर्मनिरपेक्ष राष्ट्रि घोषणा गरियो, त्यसपछि राष्ट्र धार्मिक द्वन्द्वको मुखमा पुगिरहेको आभास भइरहेको छ ।”
उनले थपिन्, “अझ मधेसमा जब हिन्दू देवी-देउवाका पूजा आराधनाको समय आउँछस हरेकपटक विवाद र द्वन्द्व कि नहुन्छ रु धर्मनिरपेक्ष भनेको बहुसङ्ख्यक हिन्दूहरूले हेपिएर, थिचिएर र बस्नुपर्ने व्यवस्था हो रु”
उनले पहिल्यैदेखि रहिआएको धार्मिक सहिष्णुतालाई कायम राख्नका लागि बहुसङ्ख्यकको सम्मान गर्दै हिन्दूराज्य घोषणा गरिनुपर्ने माग गरिन् । नेपालीको साझा पहिचान भन्दै उनले भनिन्, “नेपालीको साझा पहिचान धर्मसापेक्ष हिन्दू पूर्ण स्थापनाको माग गर्न चाहन्छु ।”
