• ट्रेण्डिङ्ग :
नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा


  • 3.4K
    SHARES
    • फाल्गुण १३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.3K Views

    नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

    काठमाडौं १३ फागुन/सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ उहाँले सो दाबी गर्नुभएको हो ।

    images

    प्रवक्ता सापकोटाले विश्वकै लागि मोडेलको रुपमा रहेको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गर्नुहुँदै त्यसलाई अझ बढी उन्नत ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

    उहाँले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गर्नुहुँदै सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताउनु भयो । प्रवक्ता सापकोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई धुमिल बनाउने कुनैपनि दुश्प्रयासहरु सफल नहुने पनि बताउनु भयो ।

    प्रवक्ता सापकोटाले भन्नुभयो, ‘‘नेपाली जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन्, उन्नत लोकतन्त्र खोजेका छन् । नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् । यो गणतन्त्रलाई अझ अग्रगामी, अझ समृद्ध बनाउनका लागि नेपाली जनताले माग गरेका छन् । अझ स्पष्ट शब्दमा सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा हो ।’’

    प्रवक्ता सापकोटाले मुलुकलाई अग्रगामी बाटोमा अघि बढाउन अग्रमगनका पक्षधर शक्तिहरुबीच सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको पनि बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘‘त्यहीअनुसार सबै राजनीतिक पार्टीहरुले राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्छ । र साझा सवाल हो । यसमा सबै अग्रगमनका पक्षधरहरु, परिवर्तनका पक्षधरहरु एक ठाउँमा आउनु पर्छ । तपाईको प्रश्नमा यो एकातिर लोकतन्त्रवादीहरुसित जो अग्रगमनका पक्षमा थिए, तिनीहरुसित सहकार्य र वृहत वामपन्थी एकीकरण । अनि, त्यसको साथसाथै कम्युनिष्ट पार्टीको पुनर्गठन अहिलेको नेपालको अपरिहार्य आवश्यकता हो ।’’


    तेस्रो आँखा