• ट्रेण्डिङ्ग :
न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस

न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस


  • 3.5K
    SHARES
    • फाल्गुण १३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.3K Views

    न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस
    काठमाडौँ, १३ फागुन/न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको छ । 
     
    प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज भएको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले राससलाई जानकारी दिनुभयो । 
     
    परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ । जिल्ला न्यायाधीश डा पशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसक्नुभएको छ । रासस


    तेस्रो आँखा