• ट्रेण्डिङ्ग :
आज देशभरको मौसममा बदली रहने, हिमाली क्षेत्रमा हिमपात

आज देशभरको मौसममा बदली रहने, हिमाली क्षेत्रमा हिमपात


  • 2.5K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.9K Views

    आज देशभरको मौसममा बदली रहने, हिमाली क्षेत्रमा हिमपात

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

    images

    महाशाखाकाअनुसार अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति देशभर आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर ३२ मिनेट तथा सूर्यास्त साँझ ६ बजेर २ मिनेटमा हुनेछ ।


    तेस्रो आँखा