• ट्रेण्डिङ्ग :
१ करोड ५२ लाख डकैती गरेको अभियोगमा ६ पक्राउ

१ करोड ५२ लाख डकैती गरेको अभियोगमा ६ पक्राउ


  • 2.8K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    १ करोड ५२ लाख डकैती गरेको अभियोगमा ६ पक्राउ

    काठमाडौं । रसुवा र सिन्धुपाल्चोक घर भई टोखा बस्दै आएका क्रासाङ लामा र फुरसागें लामाको साथमा रहेको विभिन्न बहुमूल्य सामान र नगद गरी १ करोड ५२ लाख रुपियाँभन्दा बढी रकम डकैती गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

    images

    बा.प्र.०२–००४ प ४२८३, बा७० प १५६४ लगायतका ४ वटा मोटरसाइकलमा आएका लुटेराको समूहले ती दुईको साथमा रहेको २५ हजार नगद, १८ तोला सुन, बहुमूल्य सी माला, मुगामाला, मुगामाला जडित सुनको घवा, आइफोन र लामाद्वयले प्रयोग गर्ने गरेको बा.प्र.०३–०२ प–००४ प ४२८३ को मोटरसाइकल समेत लुटेर लगेको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न रहेकाहरूलाई पक्राउ गरेको थियो ।

    प्रहरीले सुन २ सय ९५ ग्राम र १९ लाख ५० हजार नगदसहित लुटपाटमा संलग्न सोनाम थापा तामाङ, लुटपाट गर्न सूचना दिने टाँसी तामाङ, डाँका गरी ल्याएको सुन किन्नेहरू अनन्तराज घिमिरे, भारतीय नागरिक देवासिस सावन्त र कार्तिक पाइकालाई हिरासतमा लिएको छ।


    तेस्रो आँखा