• ट्रेण्डिङ्ग :
ललितपुरमा ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु

ललितपुरमा ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु


  • 3.3K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.0K Views

    ललितपुरमा ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु

    ललितपुर । ललितपुरमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।महालक्ष्मी नगरपालिका वडा नम्बर ६ सानोगाउँमा सोमबार बिहान पौने सात बजे बा३ख ८५८५ नम्बरको ट्यांकरले बागमती प्रदेश ०२–०३४प ७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा १७ वर्षीय सुहायाङ राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। मृतक राई स्कुटर चालक रहेको एसपी सुवेदीले जानकारी दिए।

    images

    उनकाअनुसार स्कुटर चालक राईलाई दुर्घटनालगत्तै इमाडोलस्थित किष्ट अस्पताल पुर्‍याइएको थियो। उनलाई साढे सात बजे चिकित्सकले मृत घोषणा गरेको सुवेदीले बताए। मृतक राई महालक्ष्मी नगरपालिका, शंखादेवीबाट बालकुमारीस्थित माइलस्टोन कलेज जाँदै गरेको सुवेदीले बताए। उनको शव अहिले किष्ट अस्पतालमै राखिएको छ। ठक्कर दिने ट्यांकर र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।


    तेस्रो आँखा