• ट्रेण्डिङ्ग :
आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


  • 3.3K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.1K Views

    आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

    काठमाडौं, १४ फागुन/प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।

    images

    रुलिङ भएसँगै सभाको बैठक नियमित रुपमा सुचारु भएको छ । सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भन्नुभयो, ‘‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरुले उठाउनुभएको विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’’

    यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विवादित मन्त्रीहरुको राजीनामाको माग गरेका थिए । मन्त्रीहरु विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।


    तेस्रो आँखा