• ट्रेण्डिङ्ग :
कुस्ती प्रतियोगिताको तयारी पुरा

कुस्ती प्रतियोगिताको तयारी पुरा


  • 4.0K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.2K Views

    कुस्ती प्रतियोगिताको तयारी पुरा

    तुलसीपुर,१४ फागुन/दाङको तुलसीपुरमा सञ्चालन हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको तयारी पुरा भएको छ । 

    images

    यूथ अफ तुलसीपुरको आयोजना तथा प्रदेश खेलकुद परिषद लुम्बिनीको प्रायोजकमा भोली देखि फागुन १७ गतेसम्म हुन लागेको प्रतियोगिताको तयारी पुरा भएको सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।


    कुस्ती प्रतियोगितामा भारत देखि ३० जना र नेपाली ५ जना गरि ३५ जना खेलाडीको सहभागिता रहने युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए । 

    उनका अनुसार प्रतियोगितामा ४ जना महिला खेलाडी पनि रहने छ ।  प्रतियोगितामा कलाकार साहिमा श्रेष्ठको पनि सहभागिता रहने छ । पत्रकार सम्मेलनको सहजीकरण शान्ताराम सेन्चुरीले गरेका थिए।  खेल प्रत्येक दिन ११ बजेदेखि ४ बजेसम्म चल्ने छ । 

     


    तेस्रो आँखा