• ट्रेण्डिङ्ग :
ब्राउन सुगरसहित दुई जोडी पक्राउ

ब्राउन सुगरसहित दुई जोडी पक्राउ


  • 4.3K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.7K Views

    ब्राउन सुगरसहित दुई जोडी पक्राउ

    बिर्तामोड, १४ फागुन/प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले नेपालको पूर्वी सीमा काँकडभिट्टाबाट दुई जोडी पक्राउ गरेको छ ।

    images

    लागुऔषध ब्राउन सुगरसहित दुई युवा र दुई युवतीलाई नेपालको पूर्वी सिमानाका  मेची पुलबाट आइतबार साँझ ७ बजेको समयमा मेचीनगर –६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दमक –२ सुनखरी बस्ने वर्ष ३३ का प्रविन तामाङ र सोही ठाउँ बस्ने वर्ष ४५ का कमला तामाङलाई गोप्य सूचनाको आधारमा चेकजाँच गरेको थियो ।

    सो क्रममा शरीर तलासी लिँदा उनीहरुले लगाएको कपडामा लुकाई छिपाई ल्याउँदैगरेको ९ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । 

    त्यस्तै, आइतबार राति ८ः४५ बजेको समयमा मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४१ प.१०३८ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा चालक मोरङ मिक्लाजुङ –९ बस्ने वर्ष २८ का डिकबहादुर कार्की र मोटरसाइकल पछाडि सवार मोरङ मधुमल्ला तोरीबारी बस्ने वर्ष २२ का नाईरा भन्ने कोशिस तामाङले लगाएको कपडाभित्रको भागमा लुकाई छिपाई राखेको ११ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो । 

    चारै जनालाई इप्रका काँकरभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


    तेस्रो आँखा