• ट्रेण्डिङ्ग :
विश्वकीर्तिमानी हरि बुढा मगरलाई दाङमा नागरिक अभिनन्दन

विश्वकीर्तिमानी हरि बुढा मगरलाई दाङमा नागरिक अभिनन्दन


  • 4.2K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.5K Views

    विश्वकीर्तिमानी हरि बुढा मगरलाई दाङमा नागरिक अभिनन्दन

    दाङ, १४ फागुन/विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्वकीर्तिमानी कायम गरेका हरि बुढा मगरलाई दाङमा नागरिक अभिनन्दन गरिएको छ । घुँडामाथिबाट दुवै खुट्टा गुमाएर पनि सगरमाथा चढेका पूर्व बेलायती सैनिक मगरलाई सोमबार जिल्लाको घोराहीमा नागरिक अभिनन्दन गरिएको हो ।

    images

    खुट्टा गुमे पनि हौसला नगुमाएका हरि बुढाले २०८० जेठ ५ गते दिनको ३ बजेर १० मिनेट जाँदा २५ घण्टा १० मिनेटमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएका थिए । गोरखा ग्रुपको आयोजनामा भएको नागरिक अभिनन्दनमा विभिन्न संघ संस्था शुभेच्छुकहरूको सहभागिता रहेको थियो । साँस्कृतिक झाँकीसहित घोराहीको भानु चोकबाट गाडीमा राखेर बुढालाई बजार परिक्रमा गराई उद्योग वाणिज्य संघको सभागृहमा एक कार्यक्रमबीच अभिनन्दन गरिएको हो ।

    सन् १९९९ जनवरी १ मा ब्रिटिस आर्मीमा भर्ना भएका बुढा सन् २०१० अप्रिल १७ को अफगानिस्तानको युद्धमा एम्बुसमा परी घाइते भएका थिए । त्यति बेला उनले दुवै खुट्टाको घुँडामाथिसम्मको भाग गुमाउन पुगे । दृढ इच्छा शक्ति, संकल्प र उच्च साहसका साथ निरन्तर खटेर राष्ट्र्रिय पहिचानका लागि अन्तर्राष्ट्र्रिय रेकर्ड राख्न सक्षम बुढा मगरलाई सम्मानस्वरूप नागरिक तहबाट अभिनन्दन गरिएको गोर्खा ग्रुपका अध्यक्ष मानबहादुर बुढाले बताए ।

    गोरेखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार आदिम केसीले तयार पारेको हरिको वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रमको सहजीकरण गोर्खा ग्रुपका सदस्य बसन्त पुनले गरेका थिए ।

    429937472_806251244872347_1454450353375224439_n.jpg

    430035265_806251281539010_2790975450257392099_n.jpg
    undefined


    तेस्रो आँखा