• ट्रेण्डिङ्ग :
फाइनल प्रवेशका लागि नेपाल र लेबनान भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र लेबनान भिड्दै


  • 2.8K
    SHARES
    • फाल्गुण १५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.3K Views

    फाइनल प्रवेशका लागि नेपाल र लेबनान भिड्दै

    काठमाडौं । नेपालले वाफ महिला च्याम्पियनसिपमामा आज लेबनानसँग खेल्दैछ। समूह बीचको विजेता टोली नेपाल र समूह ए को उपविजेता लेबनानबीच फाइनल प्रवेशका लागि खेल्न लाखेको हो। 

    images

    पश्चिम क्षेत्र (वाफ) च्याम्पियनको डेब्यू खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ। पहिलो खेलमा सिरियालाई ४-१ गोलले हराएको नेपालले दोस्रो खेलमा इराकलाई ५-० ले पाखा लगाएको थियो। तेस्रो तथा अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० गोलले पराजित गरेको थियोे।

    लेबनान समूह ए को उपविजेता हो। खेल नेपाली समय अनुसार राति पौने ११ बजे ​साउदी अरेबियाको जद्दाह स्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रिजर्भ स्टेडियममा हुनेछ। 

    आजै हुने अर्को खेलमा प्यालेस्टाइन र जोर्डन आमनेसामने हुनेछन्। आजका विजेता टोलीले बिहीबार उपाधिका लागि भिड्नेछन्। 


    तेस्रो आँखा