• ट्रेण्डिङ्ग :
सिंहदरबार आसपासमा हिँड्न पनि निषेध

सिंहदरबार आसपासमा हिँड्न पनि निषेध


  • 2.9K
    SHARES
    • फाल्गुण १५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.5K Views

    सिंहदरबार आसपासमा हिँड्न पनि निषेध

    काठमाडौं १५ फागुन/ प्रहरीले सिंहदरबार आसपास फुटपाथमा हिँड्न पनि निषेध लगाएको छ । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार वरपरका फुटपाथमा पनि कडाइ गरिएको हो ।

    images

    सिंहदरबार आसपास अहिले फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन आसपास हिँड्न रोक त लगाइएको छैन, तर समूहमा हिँड्न भने प्रहरीले दिएको छैन ।

    पर्खाल नजिकबाट हिँड्न पनि सुरक्षाकर्मीले रोक लगाएका छन् । लघुवित्तका ऋणीको टोली संसद् भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको जिम्मेवारी खोसेको थियो ।

    उनीहरुलाई हटाएर सोमबारै नयाँ टोली पठाइएको थियो । लगत्तै मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका थिए ।


    तेस्रो आँखा