• ट्रेण्डिङ्ग :
आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु 

आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु 


  • 3.1K
    SHARES
    • फाल्गुण १५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.7K Views

    आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु 

    रूपन्देही १५ फागुन/रुपन्देहीको कञ्चन गाउँपालिका-१ सानो उकाली बस्ने ७९ वर्षीया मन कुमारी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आफ्नै घरमा आइतबार साँझ आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर गम्भीर घाइते भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । उता तनहुँको भानु नगरपालिका-१३ पोखरीछाप बस्ने ५० वर्षीया सुकुली मियाको घरमा सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 


    तेस्रो आँखा