मकवानपुर १५ फागुन/बागमती प्रदेशको राजधानी हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको सडक भोलि (बुधबार) बाट सञ्चालनमा आउने भएको छ ।
गत पुस १६ गतेबाट पूर्ण रुपमा बन्द रहेको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड भोलिबाट सञ्चालनमा आउने भएको हो ।
सडक निर्माणका लागि इन्द्रसरोवर गाउँपालिकाले पुस १६ बाट पूर्ण रुपमा बन्द गरेको उक्त सडकखण्ड भोलिबाट सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले एक सूचना मार्फत जानकारी दिनुभएको छ ।
