• ट्रेण्डिङ्ग :
पहिलो जितको खोजीमा नेपाल 

पहिलो जितको खोजीमा नेपाल 


  • 3.1K
    SHARES
    • फाल्गुण १६, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.8K Views

    पहिलो जितको खोजीमा नेपाल 

    फाईल तस्बिर

    images

    काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आज नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रिँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । 

    शृंखलामा नेपालको यो दोस्रो खेल हो । मंगबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल यसअघि नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्सको भने जारी शृंखलामा यो पहिलो खेल हो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सहभागी टिमसँग शृंखला आयोजना गरेको हो । जसमा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

    आजको खेलपछि नेपालले फागुन १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

     

    नेपाली टिमः 

    रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भन्डारी, विवेक यादव, अनिल साह, राशिद खान, सागर ढकाल, आरिफ सेख, अभिनाश बोहरा ।

     


    तेस्रो आँखा