• ट्रेण्डिङ्ग :
राजेन्द्र महतो नेतृत्व समूहको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

राजेन्द्र महतो नेतृत्व समूहको प्रदर्शनमा प्रहरीको हस्तक्षेप


  • 5.6K
    SHARES
    • फाल्गुण १६, २०८० बुधबार
    • २ बर्षs अघि
    • 8.6K Views

    राजेन्द्र महतो नेतृत्व समूहको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

    काठमाडौं १६ फागुन/ लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ शुरुवात गरेको बताएका राजेन्द्र महतो नेतृत्वको समूहको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    images

    माइतीघरको निषेधित क्षेत्र तोड्न दलबलसहित गएका महतोलगायतलाई प्रहरीले भद्रकालीमा रोक्ने क्रममा हस्तक्षेप गर्नुपरेको हो ।२०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेशी मोर्चाबीच भएको ८ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका मागहरु राख्दै महतो समूहले प्रदर्शन गरेको हो ।

    कालो व्यानरसहित महतो र उनका समर्थकहरु माइतीघरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही बेर धकेला धकेल समेत भएको थियो । प्रदर्शन अघि कमलपोखरीमा आयोजित कोणसभामा महतोले आफ्नो रणनीतिबारे बोल्नु भएको थियो ।


    तेस्रो आँखा