• ट्रेण्डिङ्ग :
सांसदले उठाएको बिषयमा फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदले उठाएको बिषयमा फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन


  • 3.8K
    SHARES
    • फाल्गुण १८, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.8K Views

    सांसदले उठाएको बिषयमा फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

    काठमाडौं, १८ फागुन/सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाउनुभएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।

    images

    शुक्रबार बसेको प्रतिनिधिसभा  बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सो निर्देशन दिनुभएको हो । बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

    यसअघि पनि सांसदहरुले बालकुमारी घटना, भ्रष्टाचारका आरोप लागेका मन्त्री हटाउनुपर्नेलगायत विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आउनुभएको थियो । सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिन सभामुखले रुलिङ गर्दै आउनुभएको थियो । रासस


    तेस्रो आँखा