• ट्रेण्डिङ्ग :
केपी ओली कपको उपाधि मच्छिन्द्रलाई

केपी ओली कपको उपाधि मच्छिन्द्रलाई


  • 4.9K
    SHARES
    • फाल्गुण १९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 7.6K Views

    केपी ओली कपको उपाधि मच्छिन्द्रलाई

    काठमाडौँ । दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । आज यहाँस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा न्यूरोड टीम (एनआराटी)लाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रो पटक उपाधि चुमेको हो ।

    images

     

     निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा पुगेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट लगाइएको थियो । टाइब्रेकरमा मच्छिन्द्रले ५–४ ले नतिजा आफ्नो पक्षमा पा¥यो । एनआरटीका विवेक गुरुङको पेनाल्टी गोलपोस्टभन्दा परबाट बाहिरिएपछि एनआरटी उपविजेतामा चित्त बुझाउन बाध्य भयो । 

     

     मच्छिन्द्रका लागि सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन विनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरे भने एनआरटीका लागि सरोज तामाङ, सञ्जीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरेका थिए ।

     

     उपाधि विजेता मच्छिन्द्रले रु ११ लाख र ट्रफी प्राप्त ग¥यो भने उपविजेता एनआरटीले रु पाँच लाख प्राप्त ग¥यो । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको प्रतियोगितामा १० टोली सहभागी थिए ।


    तेस्रो आँखा