काठमान्डौं । आजदेखि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि सकिँदै छ । अध्यक्ष तिमिल्सिना सहित राष्ट्रिय सभाका २० जना सदस्यहरुको पदावदि पनि आजदेखि सकिन लागेको हो । आजदेखि राष्ट्रिय सभाबाट बिदा लिनेहरुमा अध्यक्ष तिमिल्सिना सहित नेकपा एमालेका आठजना, नेपाली काँग्रेसका चारजना, नेकपा माओवादीका तीनजना, नेकपा एकिकृत समाजवादीबाट दुईजना, जनता समाजवादी पार्टीबाट एकजना, स्वतन्त्र सांसद एकजना र राष्ट्रपतिबाट मनोनित भएका एकजनासहित २० जना संसदहरु रहेका छन्।
उनिहरु २०७४ साल यता निर्वाचित भएर दुईदेखि ६ वर्षीय कार्यकाल बिताएका थिए । आजदेखि कार्यकाल सकिएकाहरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित सांसदहरु विमला राई पौडेल, कुमार दसौंदी, नरपति लुवार, अनिता देवकोटा, जितेन्द्रनारायण देव, नन्दा चापागाई, महेशकुमार महरा, दिपा गुरुङ, इन्दु कडरिया, भैरवकुमार श्रेष्ठ, रामचन्द्र राई, प्रकाश पन्थ, विना पोखरेल, सिंह बहादुर विश्वकर्मा, प्रमिला कुमारी, दिल कुमारी थापा रावल, रमेशजंग रायमाझी, हरिराम चौधरी र खिमलाल देवकोटा छन् ।
आजबाट पदावधि समाप्त भएका सांसदहरुको ठाउँमा गत माघ ११ गते भएको निर्वाचनबाट नयाँ सांसदहरु निर्वाचित भएर आएका छन । आजदेखि राष्ट्रिय सभामा नयाँ निर्वाचित सांसदहरुले भूमिका निर्वाह गर्नेछन् ।
