तुलसीपुर २० फागुन/सितलपुरमा मालबहाक ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान सवा ११ बजेको समयमा तुलसीपुर १२ सितलपुर स्थित तुलसीपुरबाट नेपालगंज तर्फ जाँदै गरेको बागमती प्रदेश ०१००३ क ९७५६ नं।को ट्रक र नेपालगञ्जबाट तुलसीपुर तर्फ आउँदै गरेको भे १२ प ३४२२ नं मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगञ्ज १ साइगाउँका अन्दाजी ३४ वर्षीय ाशुरेश पाठकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा परी घाइते भएका उनको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।
