• ट्रेण्डिङ्ग :
स्वर्गद्धारी गुठि पीडित : सोमबारदेखि दिवाकालिन धर्ना मात्रै 

स्वर्गद्धारी गुठि पीडित : सोमबारदेखि दिवाकालिन धर्ना मात्रै 


  • 4.3K
    SHARES
    • फाल्गुण २१, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.7K Views

    स्वर्गद्धारी गुठि पीडित : सोमबारदेखि दिवाकालिन धर्ना मात्रै 

    घोराही २१ फागुन/स्वर्गद्धारी गुठि पीडित मोहि किसानले आफ्नो मोहियान हक अधिकारको माग राख्दै फागुन ८ गतेदेखि सुरु गरेको धर्ना कार्यक्रम स्वरुप परिवर्तन गरेका छन् । पीडित किसानको हक अधिकारको सुनिश्चिचता सरकारले गरेको बार्ता समिति गठन पश्चात्त सरकारको फेरबदलका कारण आन्दोलनर मोहि पीडित किसानहरुले आन्दोलन जारी राख्दै स्वरुप परिवर्तन गरेका छन् । स्वर्गद्धारी गुठि पीडित मोहि किसान संघर्ष समिति प्रेस बिज्ञप्ती जारी गर्दै समितिले यस्तो जानकारी दिएको हो ।

    images

    फागुन ८ गतेदेखि चौबिस घण्टे धर्ना कार्यक्रम राख्दै आइरहेको आन्दोलनरत मोहि पीडित किसानहरुले सोमबारदेखि दिवाकालिन धर्ना मात्रै जारी राख्ने जनाएका छन् । १४ दिनदेखि रात्रि र दिवाकालिन धर्नामा बस्दै आइरहेका मोहि पिडित किसानले सोमवारदेखि दिवाकालिन धर्नालाई जारी राख्ने जनाएको छ ।

    प्रेस बिज्ञप्ती मार्फत मोहि पीडित किसानहरुले माग पुरा नहुुदासम्म धर्ना कार्यक्रमलाई नियमित राख्ने , जिल्लाका प्रमुख राजनीतिक तथा सरोकारवाला पक्षहरु सामूहिक छलफल गर्ने , प्रत्येक मौजाका आन्दोलनको अवस्था र योजना बारे छलफल गर्ने  र आगामी चैत १ गतेदेखि नयाँ संघर्षका कार्यक्रम घोषणा गर्ने विज्ञप्ती मार्फत जनाएको छ । साथै विज्ञप्ती मार्फत आन्दोलनरत १२ वटै मौजाका किसानहरुलाई संघर्ष समितिले धन्यावाद सहित आन्दोलनको लागि आगामी योजनामा लाग्न समेत मोहि  पीडित किसानहरुलाई आग्रह गरिएको छ ।

    418281586_1313812320021169_6167490253193495339_n.jpg
    undefined


    तेस्रो आँखा