• ट्रेण्डिङ्ग :
नारायणगढ–बुटवल सडक खण्डको अवरोध अझै हटेन

नारायणगढ–बुटवल सडक खण्डको अवरोध अझै हटेन


  • 4.2K
    SHARES
    • फाल्गुण २१, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.4K Views

    नारायणगढ–बुटवल सडक खण्डको अवरोध अझै हटेन
    नवलपरासी, २१ फागुन/पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतबार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । आइतबार साँझको वर्षाले सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा रातो माटो बगाएर ल्याएपछि सडक अवरुद्ध भएको हो । 
     
    रातो माटोका कारण सडक चिप्लो हुँदा यातायातका साधन सञ्चालनमा अवरोध भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट सुस्तापूर्वका प्रहरी निरीक्षक साजनकुमार शर्माले बताउनुभयो ।  
     
    बाटो अवरुद्ध भएपछि दाउन्ने सडक खण्ड अहिलेसम्म पनि सञ्चालन हुन नसक्दा सयौं यात्री एवं सवारी बीच बाटोमा नै अलपत्र परेका छन् । सडक सञ्चालनका लागि हिलो माटो डोजर लगाएर हटाइए पनि पहाडी क्षेत्र भएकाले सडक चिप्लो भएर गाडी चलाउन समस्या भएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।   
     
    लामो समयदेखि निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्ड आइतबारको वर्षाका कारण अहिले हिलाम्मे भएको छ । मालवाहक सवारीहरू धेरै ठाउँमा फसेकाले अन्य स्थानमा पनि सवारी सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।   


    तेस्रो आँखा