• ट्रेण्डिङ्ग :
सरकारमा जान के गर्लान माधव नेपाल ?

सरकारमा जान के गर्लान माधव नेपाल ?


  • 4.0K
    SHARES
    • फाल्गुण २१, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.1K Views

    सरकारमा जान के गर्लान माधव नेपाल ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग भेट गरेका छन् । भेटका अबसरमा प्रम दहालले अध्यक्ष नेपाललाई सरकारमा सहभागी हुन आग्रह पनि गरेका छन् । तर नेता नेपालको पार्टी वर्तमान नयाँ सरकारमा जाने वा नजाने ठोस निर्णय भने भएन । बरु अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णय लिने नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ ।

    images

    "सरकारमा सहभागी हौँ भन्ने प्रस्ताव प्रधानमन्त्रीकाे थियाे । अध्यक्षले परिस्थिति परिवर्तन भएकाे अवस्थामा थप छलफल गरेर सल्लाह गराैँला भन्नुभएकाे छ," स्रोतले भन्यो । प्रधानमन्त्री प्रचण्डले सोमबार साँझ पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई साथमा लिएर नेपाल निवास कोटेश्वर पुगेका थिए ।

    सोमबार अपराह्न गठबन्धन दलका नेताहरूबीच सरकारमा अरू दललाई पनि सहभागी गराउने सहमति भएको थियो ।

    सोमबार नै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले नयाँ सत्ता समीकरणबारे 'पर्ख र हेर'को रणनीति लिने सहमति गरेको थियो ।


    तेस्रो आँखा