• ट्रेण्डिङ्ग :
राप्रपा नेपालको केकास बैठक आज दिउँसो १ बजे बस्ने 

राप्रपा नेपालको केकास बैठक आज दिउँसो १ बजे बस्ने 


  • 3.0K
    SHARES
    • फाल्गुण २२, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.7K Views

    राप्रपा नेपालको केकास बैठक आज दिउँसो १ बजे बस्ने 

    फाईल तस्वीर

    images

    काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सो बारे पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

    बैठक मुलुकमा विकसित राजनीतिक घटनाक्रम र पार्टीले गरेको आन्दोलनको तयारी, बृहत् मोर्चा निर्माणलगायत विषयमा केन्द्रित हुने उनले बताए । बैठकमा संगठन सुदृढीकरण योजना र प्रशिक्षण कार्यक्रमबारे पनि छलफल हुनेछ।

    उक्त बैठकमा अध्यक्ष कमल थापाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्ने छन्। बैठकले जिल्ला भ्रमण र प्रशिक्षण कार्यक्रमको कार्यतालिका पनि तय गर्ने महामन्त्री बर्तौलाले बताए।  


    तेस्रो आँखा