काठमाडौं, २२ फागुन/नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो।
उहाँले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएक फिर्ता लिएको जानकारी दिए । हामीले दाहाललाई जुन खालको विश्वास गरेर सर्मथन गरेका थियौं आज यो बैठकबाट समर्थन फिर्ता लिएका छौँ,” उनले भने ।
