• ट्रेण्डिङ्ग :
मेलेसियामा आयोजित तेक्वान्दोमा नेपाललाई  १ स्वर्ण सहित ४ पदक प्राप्त

मेलेसियामा आयोजित तेक्वान्दोमा नेपाललाई  १ स्वर्ण सहित ४ पदक प्राप्त


  • 4.0K
    SHARES
    • फाल्गुण २३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.2K Views

    मेलेसियामा आयोजित तेक्वान्दोमा नेपाललाई  १ स्वर्ण सहित ४ पदक प्राप्त

    मलेसिया । गत फेब्रुअरी २९ तारिखदेखि मार्च ३ तारिखसम्म मलेसियामा आयोजित अन्तर्राष्ट्रिय आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो खेलाडीहरुले १ स्वर्ण, एक रजत र दुई कास्य पदक गरि जम्मा ४ पदक जितेका छन ।

    images
    received_1120442228976354.jpeg

    प्रतियोगितामा नेपाल आईटिएफ महासंघका कोषाध्यक्ष समेत रहेका कोच बिक्रम बाठामगरको नेतृत्वमा एकजना महिला र ३ जना पुरुष गरि जम्मा ४ जना खेलाडीहरु सहभागि थिए। खेलाडीहरु बिरेन्द्र कवर, कैलाश अर्याल, देवेन्द्र सुनार र सजिना तामाङले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा सजिना तामाङले डेमोस्टेशन काता शोमा रजत पदक जितिन भने स्पेरिङ खेल फाईटमा स्वर्ण पदक जितिन । त्यसैगरी खेलाडी बिरेन्द्र कवरले दुई कास्य पदक जिते । खेल्ने क्रममा खेलाडी कैलाश अर्यालको खुट्टामा चोट लागेर घाइते भएका थिए ।

    received_2444290402447655.jpeg

    खेल जित्दै अगाडी बढेका खेलाडी देबेन्द्र सुनार अन्तिम राउन्डमा आउट भएका थिए । राम्रो खेल प्रदर्शन गर्दै देशको लागि पदक दिलाउने खेलाडीहरुलाई मलेसियामा कार्यरत नेपाली श्रमिकहरुले बधाई दिएका छन । खेलाडीको हौसला बढाउन र सम्मान गर्न रोल्पाली सेवा समाज मलेसियाको टिम र नेपाल मगर संघ मलेसियाका पदाधिकारीहरु रंगशालामा पुगेर खेलाडी तथा कोचहरुलाइ खादा, माला, पुष्पगुच्चा र कदरपत्रले सम्मान गरेका थिए । रोल्पाली सेवा समाजका केन्द्रीय उपाध्यक्ष लालकुमारी रोका मगर, मलेसिया शाखाका अध्यक्ष तिपेन्द्र बुढा मगर, मलेसिया शाखाका प्रमुख सल्लाहकार पुष्पकमल पुन मगरलगायत धेरै रोल्पालीहरुले खेलाडीहरुलाई बधाई सहित सम्मान तथा बिदाइ गर्न रंगशाला पुग्नुभएको थियो । त्यसैगरी नेपाल मगर संघ मलेसियाका पदाधिकारी छेत्रलाल बुढामगरले खेलाडी तथा कोचलाई रंगशालामा गएर सम्मान तथा बधाई ज्ञापन गर्नु भएको थियो।

    received_904853874761549.jpeg

     

    सम्मान कार्यक्रममा रोल्पाली सेवा समाजका केन्द्रिय उपाध्यक्ष लालकुमारी रोकाले नेपाली खेल जगतमा खेलाडीहरुले दिएको योगदान हामी प्रवासमा रहेका नेपाली श्रमिकहरुले गर्व गर्न लायकको भएको र यस प्रतियोगितामा हासिल गरेको मेडल तथा सफलताले राष्ट्रको शिर उच्च भएको वताउनु भयो ।  उहाँले खेलाडीहलको कठिन मेहनत र योगदानको सम्मान हुनुपर्छ र सरकारले दिने सेवा सुविधाहरुमा कुनै कसर बाकी राख्नु हुदैन भन्दै आफुहरु सधै खेलाडीहरुको साथ र समर्थनमा हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । रोल्पाली सेवा समाज र मगरसंघले सम्मान गरे पछि खेलाडी र कोचहरुमा खुशीयाली छाएको थियो। प्रसन्न मुद्रामा कोच बिक्रमले सम्मान र कदरकोलागि रोल्पाली सेवा समाज र नेपाल मगरसंघलाई विशेष धन्यवाद दिनु भएको थियो।


    तेस्रो आँखा