तुलसीपुर २४ फागुन/शान्तिनगर गाउँपालिका वडा नं. ७ खैरेनी स्थित मिड वेस्ट एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न स्थानमा रहेका शिव मन्दिरमा सरसफाई गरेका छन् । शिवरात्रीको पूर्व सन्ध्यामा विद्यार्थीहरुले मन्दिर वरपर सरसफाई गरेका हुन् ।
एनसीसी क्याडेट्स विद्यार्थी समुहले पश्चिम दाङका शिवालय मन्दिरहरुमा सरसफाई गरेका हुन् । सरसफाई अभियानका क्रममा विद्यार्थीहरुले बबई गाउँपालिका ७ चिसापानी स्थित शिव मन्दिर, दंगीशरण ७ बाँकी स्थित शिव मन्दीर र तुलसीपुर २ मिरौलीमा रहेको शिव मन्दिरमा सरसफाई गरेका हुन् ।
स्थानीय स्तरमा रहेका मठमन्दिरहरुको संरक्षण र प्रर्वद्धनमा सबैले ध्यान दिनु पर्छ भन्ने सन्देश दिन मन्दिर सरसफाई गरिएको विद्यार्थी करुणा डाँगीले बताइन् । सरसफाई कार्यक्रममा विद्यालयका ३६ जना विद्यार्थीहरुको सहभागिता थियो ।
