• ट्रेण्डिङ्ग :
महाशिवरात्रिमा नेपाल प्रहरीको सुरक्षा योजना सार्वजनिक

महाशिवरात्रिमा नेपाल प्रहरीको सुरक्षा योजना सार्वजनिक


  • 3.4K
    SHARES
    • फाल्गुण २४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.3K Views

    महाशिवरात्रिमा नेपाल प्रहरीको सुरक्षा योजना सार्वजनिक

    फाईल तस्वीर 

    images

    काठमाण्डौ । नेपाल प्रहरीले महाशिवरात्रि पर्वका लागि सुरक्षा योजना सार्वजनिक गरेको छ । भोलि पशुपतिनाथ मन्दिर परिसरमा मेला लाग्ने र मेलामा स्वदेशी तथा विदेशी भक्तजनहरूको भिड हुने भएकाले सुरक्षा योजना लागू गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । सुरक्षा योजना फागुन २६ गतेसम्म लागू हुनेछ ।

    जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारीको कमान्डमा प्रहरी परिचालन हुनेछ । मेलामा कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती स्टाइकिङ, ड्रोन, सीसीटीभी क्यामेरा, बडी वर्न क्यामेरा लगायतका प्रविधिमार्फत् निगरानी गरिने प्रहरीले जनाएको छ । त्यस्तै नेपाल प्रहरी अस्पतालबाट डाक्टर सहितको एम्बुलेन्स रहनेछ ।


    तेस्रो आँखा