• ट्रेण्डिङ्ग :
त्रिकोणात्मक टि-२० सिरिज
पहिलो खेलमा हङकङसँग भिड्दै नेपाल

पहिलो खेलमा हङकङसँग भिड्दै नेपाल


  • 3.0K
    SHARES
    • फाल्गुण २७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.5K Views

    पहिलो खेलमा हङकङसँग भिड्दै नेपाल

    काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजका लागि हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबार पहिलो खेल खेल्दैछ। पहिलो खेल नेपालले आइतबार हङकङसँग उसकै मैदानमा खेल्न लागेको हो।

    images

    यो सिरिज आइतबारदेखि बुधबारसम्म चल्नेछ। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार हङकङ पुगिसकेको छ। यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन् । नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी-२० विश्वकप तयारीका लागि टी-२० सिरिज आइतबारदेखि खेल्न लागेको हो।

    सिरिजका लागि रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम समेटिएका छन्।


    तेस्रो आँखा