• ट्रेण्डिङ्ग :
दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु


  • 3.8K
    SHARES
    • फाल्गुण २८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.8K Views

    दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

    देउखुरी (दाङ) । दाङमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३९९८ नम्बरको बसले साइकलमा सवार दाङको लमही नगरपालिका–४ का ४० वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिनुभयो । 

    images

     साइकलमा यात्रा गरिरहेका पौडेललाई बसले ठक्कर दिएपछि उपचारका लागि लमही अस्पतालमा पु¥याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।


    तेस्रो आँखा